शान्ति ज्योती युवा समाजको कार्यालय उद्घाटन

September 19, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,असोज ३- शान्ति ज्योती युवा समाजको कार्यालय उद्घाटन तथा नवदुर्गा पुजाको तयारीका बारेमा विहीबार अन्तरक्रिया कार्यक्रमम गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलले कार्यालय उद्घाटन गरेका हुन ।

- ADVERTISEMENT -

Advertisement

सोही अबसरमा बडा दसैंको अबसरमा शान्तिचोकमा गरिने नवदुर्गा पुजालाई व्यवस्थित गर्ने विषयमा समेत छलफल गरिएको समाजका अध्यक्ष अशोक भूषालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा वडाध्यक्ष खरेलले शान्तिज्योति युवा समाजले स्थानीय स्तरमा गरेको कामको प्रशंसा गर्दै स्थानीय सरकार सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र नं.१ का क्षत्रीय सचिव उमेश गिरी, रत्ननगर जेष्ठ नागरिक समन्वय समितिका अध्यक्ष छविलाल घिमिरे, समाजसेवी पुरषोत्तम गिरी, हिरामणी लामिछाने, कृष्णप्रसाद घिमिरे, सुवास उप्रेती, ध्रुव भुषाल, सुजन थापा, गणेश टोल विकास संस्थाको अध्यक्ष शोभा शर्मा, समाजसेवी महिला समुहका अध्यक्ष सिर्जना लामा, गंगा सिलवाल, जिमिता श्रेष्ठ लगाायतले आफ्नो धारण राखेका थिए ।

- ADVERTISEMENT -

Advertisement

समाजका अध्यक्ष भूषालको अध्यक्षतामा भएको कार्यक्रममा समाजकका पदाधिकारी तथा सदस्यहरु सुरेस अधिकारी, तरुण अर्याल, राजन गिरी, बिष्णु अर्याल, नवीन श्रेष्ठ, रन्जित उप्रेती, दिपेश श्रेष्ठ,श्याम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा समाजको हाल सम्मको गतिविधि, सहयोग संकलनको विवरण र आगामी कार्यक्रमको रूपरेखाको बारेमा छलफल गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -