काठमाडौं, असोज ३-भारत र बंगलादेशबीचको दुई टेस्टको सिरिज बिहीबारबाट सुरू भएको छ। चेन्नईमा सुरू भएको पहिलो खेलमा बंगलादेशले राम्रो सुरूवात गर्न सफल भएको छ।
भारतविरूद्ध बंगलादेशका तीव्र गतिका बलर हसन मोहमद एक्लैले सुरुवाती चार विकेट लिइसकेका छन्। उनले भारतीय कप्तान रोहित शर्मालाई ६ रन, शुभमन गिललाई शून्य र विराट कोलहीलाई पनि ६ रनमा आउट गरे। रोहितलाई हुसेन सान्तोबाट क्याच गराउँदा गिल र कोहली विकेटकिपर लिट्टन दासबाट क्याच भए। यी तीनै विकेट उनले सुरूवाती दश ओभरभित्रै लिएका थिए।
- ADVERTISEMENT -

यस्तै उनले चौथो विकेटको रूपमा रिशव पन्तलाई ३९ रनमा आउट गरे। पन्तको क्याच पनि विकेटकिपर दासले लिएका थिए।
- ADVERTISEMENT -

२४ वर्षीय हसनले अहिलेसम्म ३ ओभर मेडन फ्याँकिसकेका छन्। यसअघि उनले गत महिना पाकिस्तानविरूद्धको टेस्टमा पनि उत्कृष्ट खेल देखाएका थिए। उनले दोस्रो टेस्टमा पाँच विकेट लिँदा बंगलादेशले पाकिस्तानविरूद्धको दुई खेलको सिरिज २-० क्लिनस्विप गरेको थियो।
- ADVERTISEMENT -

यसै वर्ष श्रीलंकाविरूद्धको खेलबाट टेस्टमा डेब्यू गरेका उनले अहिलेसम्म तीन टेस्ट मात्र खेलेका छन्।
- ADVERTISEMENT -

भारतले चार विकेट गुमाउँदा ९६ रन जोडेको स्थिति थियो।
खेलमा भारतका प्रशिक्षक गौतम गाम्भिरले तीव्र गतिका युवा बलर आकास दीपलाई पनि स्थान दिएका छन्। प्रशिक्षकको रुपमा गाम्भिरको यो पहिलो टेस्ट हो।
आकास दिपले भारतीय टोलीबाट दोस्रो टेस्ट खेल्न लागेका हुन्। २७ वर्षीय आकास गत फेब्रुअरीमा राँचीमा भएको इंग्ल्यान्डविरुद्धको टेस्टमा डेब्यू गरेका थिए। सो खेलमा उनले ३ विकेट लिएका थिए। यद्यपी उनले भारतका लागि एकदिवसीय र टी-२० खेल भने खेलेका छैनन्।
उनले आइपिएल क्रिकेट भने बेंगलुरुबाट खेलेका थिए। बिहारमा जन्मिएका आकास बेंग्लोरमा हुर्किएका थिए। जहाँ उनले घरेलु क्रिकेट खेलेका थिए। २४ वर्षको उमेरमा आइपिएलमा डेब्यू गर्दा उनले २६ वर्षको उमेरमा टेस्टमा डेब्यू गरेका थिए।