नेपालगन्ज, असोज ३- बाँकेको राप्तीसोनारी गाउँपालिका –४ स्थित नेपालगन्ज अगैया हुलाकी सडकको लठ्ठापुरमा बुधवार बेलुकी भएको दुर्घटनामा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
दुईवटा मोटरसाईकल एकआपसमा ठोक्किएर सो दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भीर घाइते नेपालगन्जस्थित मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार गराईरहनु भएका नेपाल राष्ट्रिय मावि धामपुरमा कार्यरत शिक्षक अजय थारुको पनि मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो ।
- ADVERTISEMENT -

सोही दुर्घटनामा परेर यसअघि बुधवार बेलुकी भे १२ प ३१९५ नम्बरको मोटरसाइकल चालक राप्तीसोनारी –४ बैजापुरका रामशरण थारुको उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो । भे १२ प ४८२८ नम्बरको मोटरसाइकल चालक राप्तीसोनारी –३ खैरेनीका बसन्त थारुको उपचारका क्रममा मृत्यु भएको थियो ।
- ADVERTISEMENT -

सोही दुर्घटनामा परेर गम्भीर घाइते भएका दुई जनाको नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको र उहाँहरुको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय बैजापुर बाँकेले जनाएको छ ।
- ADVERTISEMENT -

इलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायब निरीक्षक भद्रसिंह वलिका अनुसार ठोक्किएको मोटरसाइकल पछाडि बसेका राप्तीसोनारी –३ खैरेनीका सन्जय थारु र सङ्गिन थारुको नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
- ADVERTISEMENT -

प्रहरी नायब निरीक्षक वलीले पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको भे १२ प ३१९५ नम्बरको यामाहा मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको भे १२ प ४८२८ नम्बरको होण्डा मोटरसाइकल लठ्ठापुर चोकमा एकआपसमा ठोक्किएर दुर्घटना भएको बताउनुभयो ।
उहाँका अनुसार सो दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनामध्ये दुबै मोटरसाइकलका चालक राप्तीसोनारी –४ बैजापुरका रामशरण थारु र राप्तीसोनारी –३ खैरेनीका बसन्त थारुको बुधवार बेलुका मृत्यु भएको थियो । धामपुरका अजय थारुको बुधवार राति अबेर मृत्यु भएको थियो ।
दुर्घटनाको कारणबारे अनुसन्धान गर्दा तिव्र गतिका कारण दुर्घटना भएको जानकारी प्राप्त भएको ईलाका प्रहरी कार्यालय बैजापुरले जनाएको छ ।