जनकपुरधाम, असोज ३- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वर्तमान संविधानका उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धिका लागि काम गर्न आवश्यक रहेको बताएका छन्।
मुख्यमन्त्री सिंहले संविधानमा संघीयता, लोकतन्त्र सहितको गणतन्त्र ठुलो उपलब्धिको रुपमा आएको भन्दै संघीयताले खर्च बढाएको हल्लामा कुनै सत्यता नरहेको बताए । उनले अहिले पालिकाको संख्यामा कमी आएको र प्रदेश तथा स्थानीय तहलाई दिने बजेट ३० प्रतिशत मात्र भएपनि धेरै विकासको कामहरु भएको दाबी गरे ।
- ADVERTISEMENT -

प्रदेश सरकारलाई बलियो बनाए मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भएर संविधान बलियो हुने बताउँदै मुख्यमन्त्री सिंहले संविधानमा भएको असहमतिहरुको सम्बोधन सार्थक तरिकाले गर्दै जानु पर्ने धारणा राखे ।
- ADVERTISEMENT -

मुख्यमन्त्री सिंहले संघीय गणतन्त्रका उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धिका लागि काम गर्न जरुरी रहेको र यसका लागि सबै दलका नेताहरुको इमान्दार तथा सार्थक प्रयासको खाँचो रहेको बताए ।
- ADVERTISEMENT -

संविधान जारी भएपछि पहिलो पटक मधेस सरकारले औपचारिक कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको हो । यसअघि संविधान दिवसमा कर्मचारीहरु मात्र संविधान दिवसको कार्यक्रममा सहभागी हुने गरेका थिए ।
- ADVERTISEMENT -
