रत्ननगर -१५ का सुत्केरी र  गर्भवती महिलालाई पौष्टिक आहार र सरसफाई सामग्री वितरण

September 18, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,असोज २- चितवनको रत्ननगर नगरपालिकाका सुत्केरी र गर्भवती महिलालाई कुखुराको भालेसहित पौष्टिक आहार वितरण गरिएको छ । सो नगरपालिका अन्तर्गत वडा नं १५ का सुत्केरी र गर्भवती गरी १५ जनालाई कुखुराको भाले, दुई किलो ध्यू, एक क्रेट अण्डा, मुङको दाल, भटमास लगाएत सरसफाईका सामग्री वितरण गरिएको हो ।

वडा कार्यालयको विनियोजित बजेटबाट सुत्केरी तथा गर्भवती महिलाको सुरक्षाका लागि पौष्टिक आहार वितरण गरिएको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए । बुधवार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष तामाङ लगायतले सुत्केरी र गर्भवतीलाई पौष्टिक आहार हस्तान्तरण गरेका हुन् । स्थानीय सरकारले पौष्टिक आहार दिने भएपछि सुत्केरी महिलाहरु काँखमा शिशु च्यापेर सामाग्री लिन आएका थिए ।

- ADVERTISEMENT -

Advertisement

वडाध्यक्ष तामाङले सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत सुत्केरी आमा र शिशुको सुरक्षाको लागि पौष्टिक आहार वितरण गरेको बताए । सुत्केरी र गर्भवती महिलालाई प्रदान गरेको उक्त सामाग्री स्थानीय किसानले उत्पादन गरेका हुन । वडाध्यक्ष तामाङले स्थानीय उत्पादनदलाई प्रोत्सहान गर्न स्थानीय किसानहरुले उत्पादन गरेको कुखुरा, अण्डा र ध्यू खरिद गरी वितरण गरेको बताए ।

- ADVERTISEMENT -

Advertisement

सुत्केरी र गर्भवतीको पोषण तथा स्वास्थ्य स्थानीय सरकारको जिम्मेबारी हो भन्दै वडाध्यक्ष तामाङले अगाडी भने पूर्वाधार निर्माण मात्र विकास होइन, नागरिकको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण पाटो हो । माधवपुरबासीको सुखदुखमा वडा कार्यालय संगै रहेको सन्देश दिनको लागी पनि कार्यक्रम आयोजना गरिएको हो।

- ADVERTISEMENT -

Advertisement

सो वडाले सुत्केरी र गर्भवतीलाई पौष्टिक आहारसंगै भ्याक्सिन, भिडियो एक्सरे लगायतका आधारभूत सेवा स्वास्थ्य केन्द्रबाटै प्रदान गर्दै आएको छ । कार्यालयले विभिन्न चरण गरि १ सय २३ जना गर्भवती (आमा) र सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरेको छ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा वडा सदस्य शिव तिवारी, ईमप्रसाद पन्त, लिलादेवी पोखरेल, रुकमाया परियार, वडा सचिव नवराज तिवारी, स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्य स्वयमसेविका लगाएतको उपस्थिती रहेको थियो । आधारभूत स्वास्थ्य सेवा केन्द्र रत्ननगर– १५ की इन्चार्ज रोजिना गिरीले संचालन गरेको कार्यक्रममा वडा सदस्य रुकमाया परियारले स्वागत् मन्तव्य राखेकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -