व्याडमिन्टनमा सौराहाका होटल व्यवसायीको साथ

September 18, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,असोज २- रत्ननगर वडा नं ३ बेल्सीमा जारी राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगितामा सौराहाका होटल व्यवसायीहरुले सहयोग गरेका छन् ।

पूर्वी चितवन स्पोर्ट्स क्लबको आयोजनामा रत्ननगर वडा नं–३, शान्तिचोकस्थित कर्भड हलमा जारी दोसो मेयर कप तथा चौँथो ब्याडमिन्टन प्रतियोगिता सौराहाका होटल व्यवसायीहरुले खेलाडीलाई आवास उपलब्ध गराएर सहयोग गरेको प्रतियोगिताका संयोजक केबल न्यौपानेले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगितामा भाग लिन करिब २०० बढी खेलाडीहरु बाहिरी जिल्लाबाट रत्ननगर आएका छन् ।

- ADVERTISEMENT -

Advertisement

बाहिरी जिल्लाबाट आएका खेलाडीहरुलाई आयोजकले सौराहामा आवास सुविधा उपलब्ध गराएको छ ।

- ADVERTISEMENT -

Advertisement

खेलकुदको माध्यमबाट सौराहाको पर्यटन उकास्ने योजनाका साथ बेल्सीमा आयोजना गरिएको राष्ट्रिय स्तरको व्याडमिन्टनमा भाग लिन आएका खेलाडीहरुलाई आवास सुविधा प्रदान गरिएको सौराहाका व्यवसायी समेत रहेका प्रतियोगिताका आवास व्यवस्थापन समितिका संयोजक दामोदर रेग्मीले बताए ।

- ADVERTISEMENT -

Advertisement

रत्ननगरमा आयोजित व्याडमिन्टन प्रतियोगिताका कारण सौराहामा चहलपहल बढेको रेग्मीले बताए ।

भोली असोज ३ गतेसम्म चल्ने सो प्रतियोगिताको संरक्षकमा रत्ननगर नगरपालिका र सहयोगीमा वडा कार्यालय, सेन्टर कलेज, रिजाल फुड्स, राममणि न्यौपाने, विकास डल्लाकोटीलगायत रहेका छन् ।

सो प्रतियोगिता सम्पन्न गर्न १५ लाख ३७ हजार ३३१ रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सो प्रतियोगितामा करिब २०० टिमले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेको छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -