चितवन, असोज २- भरतपुर महानगरपालिका-१० चौविसकोठीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
घाईते हुने मध्य दुई जनाको अवस्था गम्भिर रहेको छ।
- ADVERTISEMENT -

मंगलवार साँझ ७ः४० बजेको समयमा चौविसकोठीमा ना ५४ प ३६२६ नम्बरको मोटरसाइकल र बागतमी प्रदेश०९–००२ प ६२९१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
- ADVERTISEMENT -

दुर्घटनामा परी घाइते भएका तीनै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
- ADVERTISEMENT -

घाइते हुनेहरुमा ना ५४ प ३६२६ नम्बरको मोटरसाइकल चालक भारत रक्सौल घर भई हाल तनहुं देवघाट गाउँपालिका–१ बस्ने वर्ष १९ को निरज पटेल (गम्भिर), बागतमी प्रदेश०९–००२ प ६२९१ नम्बरको मोटरसाइकल चालक पर्सा ठोरी गाउँपालिका–१ घर भई हाल भरतपुर–८ बस्ने वर्ष २३ को नारायण कुँवर (मध्यम) र सोहि मोटरसाइकल पछाडि सवार भरतपुर–८ धारेचोक बस्ने वर्ष २४ को कमल पौडेल (गम्भिर) रहेका छन् ।
- ADVERTISEMENT -

गम्भिर घाइते पटेलको टाउको र शरिरको भित्री भागमा चोट लागेको छ भने अर्का गम्भिर घाइते पौडेलको टाउको, घाँटी र शरिरको भित्री भागमा चोट लागेको छ । घाइते तीनै जनाको स्वास्थ्यमा सुधार आएको छ ।