गगनलाई रविको जवाफ : “प्रणाम छ ! “

September 17, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, असोज १- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छन् । मंगलबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले आफू सहकारी ठगि प्रकरणमा सहभागी नभएको संसदीय छानबिन विशेष समितिले प्रमाणित गरेको तर्क गरेका हुन् ।

यद्यपि सहकारी ठगीसम्बन्धी संसदीय विशेष छानबिन समितिले तत्कालीन सञ्चालकको नाताले लामिछानेसहितका सञ्चालकहरूले जिम्मेवारी लिनुपर्ने भन्दै कारबाहीको सिफारिस गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै सभापति लामिछानेले आफूलाई सहकारी ठग भन्न अब नमिल्ने भएपछि गोरखा मिडियातिर ध्यान केन्द्रित हुने समेत दाबी गरे । कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्नेकुरा थाहा भयो ? भन्दै प्रश्नसमेत गरे । उनले प्रमाण छ भनेको नभइ महामन्त्री थापाले प्रणाम छ भनेको भन्दै आफूले पनि प्रणाम फर्काएको टिप्पणी गरे ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -