बिश्वोकर्मा पुजा र यसको धार्मिक महत्व

September 17, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, असोज १- आज नेपालभर विश्वकर्मा पूजाको महत्त्वपूर्ण दिन धुमधामका साथ मनाइँदैछ। विश्वकर्मा पूजा हिन्दू धर्मावलम्बीहरूले शिल्प, निर्माण र प्रविधिका आराध्य देव विश्वकर्मा बाबाको सम्मानमा मनाउने महत्वपूर्ण पर्व हो। यो दिन विशेष गरी निर्माण, औद्योगिक स्थल, ग्यारेज, कारखाना र प्रविधि क्षेत्रमा संलग्न व्यक्तिहरूले आ–आफ्ना उपकरण र सवारीसाधनको पूजा गर्छन्।

कसरी मनाइन्छ विश्वकर्मा पूजा?
विश्वकर्मा पूजाका अवसरमा सार्वजनिक यातायात, उत्पादन स्थल, कलकारखाना, धातु र प्रविधिसँग सम्बन्धित सम्पूर्ण यन्त्र तथा उपकरणहरूको विशेष पूजा गरिन्छ। आजका दिन विश्वकर्मा बाबाको मूर्ति स्थापना गरेर विधिपूर्वक पूजा गरी भोलिपल्ट मूर्ति विसर्जन गरिन्छ। धेरै ग्यारेज, कारखाना तथा निर्माण स्थलहरू सजाइएको हुन्छ। साथै, विभिन्न औद्योगिक तथा व्यापारिक घरानाले आजका दिन धूमधामका साथ पूजाआजा र प्रसाद वितरण गर्छन्।

- ADVERTISEMENT -

Advertisement

विश्वकर्मा बाबा को हुन्?

- ADVERTISEMENT -

Advertisement

विश्वकर्मा बाबालाई देवताहरूका वास्तुकार र शिल्पकारको रूपमा पुजिन्छ। पौराणिक कथन अनुसार, विश्वकर्मा बाबाले स्वर्ग, पुष्पक विमान, इन्द्रको बज्र, शिवको त्रिशूल, विष्णुको सुदर्शन चक्र जस्ता महत्वपूर्ण यन्त्रहरूको निर्माण गरेका थिए। उनले सुनको लङ्का, द्वारिका, र जगन्नाथ मन्दिरको मूर्ति जस्ता अद्वितीय निर्माण गरेका थिए। विश्वकर्मा बाबालाई पहिलो इन्जिनियर र वास्तुकार मानिन्छ, जसले ब्रह्माको आज्ञाअनुसार नयाँ संसारको रचना गरेका थिए।

- ADVERTISEMENT -

Advertisement

विश्वकर्मा पूजाको महत्व

- ADVERTISEMENT -

Advertisement

विश्वकर्मा पूजाको मुख्य उद्देश्य शिल्प, निर्माण, र प्रविधिमा संलग्न सबैलाई प्राकृतिक ऊर्जा, सुरक्षा, र सफलता प्रदान गर्नु हो। यो पर्वले हरेक यन्त्र र उपकरणको महत्त्वलाई उजागर गर्दै हाम्रो दैनिकीमा तिनको भूमिका सम्झाउने अवसर प्रदान गर्दछ। पूजा गरेर वर्षभर कुनै दुर्घटना वा अप्रिय घटना नहोस् भन्ने विश्वास गरिन्छ।

आजको दिन, तपाईँले गाडी तथा सार्वजनिक सवारीसाधनहरूमा पूजा गरिएका दृश्यहरू देख्न सक्नुहुन्छ। आजको विशेष दिनले हामीलाई सिर्जनात्मक र प्रविधिमा विश्वकर्मा बाबाको योगदानलाई सम्झाउँदै जीवनमा नयाँ ऊर्जा दिनेछ

- ADVERTISEMENT -
- ADVERTISEMENT -