अभ्युदय सहकारीको रजत जयन्तिमा सरसफाई

September 16, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर, भदौ ३१- भरतपुर ५ स्थित अभ्युदय बहुउद्देश्यीय सहकारी संस्था लि. को स्थापनाको २५ औं स्थापना दिवसको अवसरमा आइतबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

विविध कार्यक्रम गरि रजत जयन्ती मनाउने क्रममा आइतबार सरसफाई कार्यक्रम गरिएको सहकारीका सहसचिव तथा रजत जयन्ति प्रचार प्रसार समितिका संयोजक विष्णु दवाडीले जानकारी दिनु भयो । सहकारीले आइतबार आसपासका क्षेत्रहरूमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

जसअनुसार राम मन्दिर टोल विकास संस्थाको नेतृत्व टोल विकासका अध्यक्ष तथा संस्थाका सचिव राजीव ओझाले गर्नु भएको थियो । यसैगरी सिमाना टोलमा टोल विकास सस्थाका अध्यक्ष एवं सहकारी संस्थाका सल्लाहकार नारायणप्रसाद आचार्यले नेतृत्व गर्नुभएको थियो ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै जानकी टोली विकास संस्था अन्तर्गत सहकारीका कोषाध्यक्ष सपना शर्मा, न्यू आनन्द टोल विकास संस्था वरपर सहकारीका स्वास्थ्य उपसमितिका सदस्य इन्द्रमणि गैरेको नेतृत्वमा, दर्शन टोल विकास संस्थामा सहकारीका सल्लाहकार पदमपाणी सुवेदीको नेतृत्वमा, कल्याण टोल विकास क्षेत्रमा सहकारीका सञ्चालक विनोद तिमिल्सिनाको समन्वयमा, विश्वप्रकाश स्कुल टोल विकास क्षेत्रमा सहकारीका सञ्चालक बालकृष्ण अधिकारीको समन्वयमा, रोज गार्डेन टोलमा संस्थाका सहायक व्यवस्थापक प्रकाश भुजेलको नेतृत्वमा, रामबाग टोलमा संस्थाका व्यवस्थापक उत्तमकुमार सापकोटाको संयोजकत्वमा, नयन टोलमा संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारीको नेतृत्वमा र अतिथी पार्टी प्यालेस देखि मङ्गलपुरसम्म संस्थाका सहसचिव विष्णु दवाडीको नेतृत्वमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

- ADVERTISEMENT -

Advertisement

सहकारीले रजत जयन्तिको अवसरमा भाद्र ३१ गते सहकारी शिक्षा कार्यक्रम, असोज १ गते मानव सेवा कार्यक्रम, असोज २ गते रक्तदान कार्यक्रम, असोज ३ गते रजत जयन्ति समारोह तथा स्मारिका बिमोचन र दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको सहकारीका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले जानकारी दिनु भयो ।

- ADVERTISEMENT -

Advertisement

सहकारीले बचत तथा ऋण परिचालन, दुग्ध संकलन तथा खरिद विक्री, दाना चोकर खरिद बिक्री, मल विउ खरिद विक्री, रेमिट्यान्स सेवा तथा विजुली र खानेपानी विल महसुल, शेयर सदस्य केन्द्रित विभिन्न तालिम, गोष्ठि तथा भ्रमणलगायतका सामाजिक उत्तरदायित्व अन्तरगत विविध कार्यक्रम गर्दै आएको छ ।

२०५७ साल असोज ३ गते ५० जना शेयर सदस्यहरुवाट स्थापना भएको उक्त सहकारीको कार्यक्षेत्र भरतपुर महानगरपालिकाको वडा नं १ देखि १४ सम्म रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -