दोश्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप: एकल तर्फ २३२ र संगीतमय रिदमिक समूह तर्फ १३० खेलाडीको उत्कृष्ट प्रदर्शन

September 15, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं,भदौ ३०- बागमती प्रदेश योग खेलकूद संघको संयोजनमा, काठमाण्डौं, ललितपुर, भक्तपुर योग खेलकूद संघको संयुक्त आयोजनामा र तारकेश्वर नगरपालिकाको विशेष सहयोगमा आयोजित दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप हिजो (शनिवार) टुसाल मल्टी भेन्युमा सम्पन्न भएको छ ।

- ADVERTISEMENT -

Advertisement

बिहान ७ बजेबाट प्रारम्भ भएको प्रतियोगितामा ३६२ खेलाडीहरूले आफ्नो योगासन प्रस्तुत गरेका थिए । जसले प्रतियोगितालाई उत्साहपूर्ण र आकर्षक बनाएको थियो ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगिता दुई मुख्य विधामा विभाजित गरिएको थियो जसमध्ये एकल प्रतिस्पर्धा र रिदमिक समूह प्रतिस्पर्धा।

- ADVERTISEMENT -

Advertisement

एकल प्रतिस्पर्धामा २३२ खेलाडीहरूले व्यक्तिगत योगासन प्रस्तुत गरे भने संगीतमय रिदमिक समूह प्रतिस्पर्धामा १३० खेलाडीहरूले सामूहिक योगासन प्रस्तुत गरे।

- ADVERTISEMENT -

Advertisement

सो प्रतियोगिता ९ वर्ष मुनि देखि ५० वर्ष माथिका खेलाडीहरूलाई समेट्ने विविधता र समावेशिता प्रदान गर्दै आयोजना गरिएको थियो।

९ देखि ५० वर्षमाथिका विभिन्न उमेर समूहका प्रतिस्पर्धीहरू बीचको यस प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका विजेताहरूको घोषणा पनि शनिबार गरिएको थियो ।

पुरुषहरूको व्यक्तिगत प्रतियोगितामा सुजल रामु, सत्यनारायण शाह, विराज पन्थी, ऋतिक श्रेष्ठ, सन्दीप घिमिरे, लाल बहादुर ठाकुर र ध्रुव प्रसाद दाहालले क्रमशः प्रथम स्थान प्राप्त गरे भने, महिलाहरूको व्यक्तिगत प्रतिस्पर्धामा एन्जिला चौलागाईं, लुनिभा खड्गी, कृतिका केसी, प्रज्ञा गौतम, करिश्मा घिमिरे, सरिता श्रेष्ठ र जीना श्रेष्ठ विजयी भएका छन्।

सामूहिक प्रतियोगितामा क्यामेलिया सेकेण्डरी विद्यालय र शंकरपुर नगर योग खेलकुद संघ क्रमशः पुरुष र महिला श्रेणीमा पहिलो स्थानमा रहे। यो प्रतिस्पर्धाले खेलकुद र योग क्षेत्रका प्रतिभाहरूलाई प्रोत्साहित गर्दै आएको छ।“नेपाल योग खेलकुद संघले अन्तर्राष्ट्रिय स्तरमा योगको प्रचार–प्रसार गर्दै विभिन्न स्तरका प्रतियोगिताहरू आयोजना गर्दै आएको छ।

यस प्रतियोगिताले योगलाई खेलको रूपमा प्रस्तुत गर्दै सबै उमेर समूहका नागरिकहरूलाई सहभागी गराउने लक्ष्य राखेको छ। साथै यस कार्यक्रमको प्रत्यक्ष प्रसारण एस टेलिभिजन मार्फत गरिएको थियो।

पुरुष र महिला समूहतर्फ विभिन्न उमेर समूह र प्रतियोगितामा उत्कृष्ट भएका विजेताहरूको नामहरू तल दिइएको छ:

पुरुष समूहतर्फ

उमेर समूहप्रथमद्वितीयतृतीय
९ वर्षभन्दा कमसुजल रामुसौगात तामाङआदर्श महतो
९ देखि ११ वर्षसत्यनारायण शाहगोविन्द यादवरोहन तामाङ
१२ देखि १४ वर्षविराज पन्थीसन्दिप अधिकारीदिप्सन पौडेल
१५ देखि १७ वर्षऋतिक श्रेष्ठआशिष श्रेष्ठविवेक यादव
१८ देखि ३५ वर्षसन्दीप घिमिरेपत्युष महर्जनजगदीश्वर कर्मचार्य
३६ देखि ४९ वर्षलाल बहादुर ठाकुरसिम बहादुर बुढाथोकीनवराज ढुंगाना
५० वर्ष माथिध्रुव प्रसाद दाहालएक बहादुर रेग्मीश्याम अवाले

महिला तर्फ

उमेर समूहप्रथमद्वितीयतृतीय
९ वर्ष मुनिएन्जिला चौलागाईंएनी तामाङआशिका सुवेदी
९ देखि ११ वर्षलुनिभा खड्गीसंरचना पुरीरिछिन लामा
१२ देखि १४ वर्षकृतिका केसीसन्चिता बाटीमेघा लामिछाने
१५ देखि १७ वर्षप्रज्ञा गौतमरोश्मी फगामीतुलसी महासेठ
१८ देखि ३५ वर्षकरिश्मा घिमिरेमञ्जु तोलांगेसिर्जना राई
३६ देखि ४९ वर्षसरिता श्रेष्ठमनोजमाया सिंघकशोभा महर्जन
५० वर्ष माथिजीना श्रेष्ठसुस्मा गौतम पौडेलरत्नमाया महर्जन

सामूहिक प्रतियोगिता

समूहप्रथमद्वितीयतृतीय
पुरुष सामूहिकक्यामेलिया सेकेण्डरी विद्यालयअक्सिडेण्टल पब्लिक स्कुलइन्टरनेशनल जोशेफ पब्लिक स्कुल
महिला सामूहिकशंकरपुर नगर योग खेलकुद संघएशिया प्यासिफिक स्कुलबालबाटिका स्कुल

- ADVERTISEMENT -
- ADVERTISEMENT -