भदौ ३०-लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको ३३ औं बैठक आइतबार बस्दैछ।
दिउँसो १ बजेको लागि तोकिएको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।
- ADVERTISEMENT -

सभामा प्रस्ताव पेश भएपछी प्रदेश मामिला तथा कानुन समितिमा पठाउनेगरी निणर्यार्थ प्रस्तुत गरिने जनाएको छ।
- ADVERTISEMENT -

२०८० असारको २२ गते प्रदेश सभामा पेश भएको विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो। यो विधेयकलाई प्रदेश प्रमुखले मंसिर २१ गते प्रमाणीकरण गरेका थिए।
- ADVERTISEMENT -

यस्तै बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यसूची समेत रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लवकुमार पुनले जानकारी दिए।
- ADVERTISEMENT -
