कुपन्डोलमा भासिएको सडक १२ घन्टामै मर्मत

September 15, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भदौ ३०, ललितपुरको कुपन्डोलमा भासिएको सडक मर्मत गरिएको छ।

- ADVERTISEMENT -

Advertisement

काठमाडौं उपत्यका खानेपानी लिमिटेड र डिभिजन सडक कार्यालय ललितपुरले भासिएको केही घन्टामै सडक मर्मत गरेका हुन्।

- ADVERTISEMENT -

Advertisement

सडक डिभिजन कार्यालय ललितपुरका सूचना अधिकारी रिकेश महर्जनका अनुसार गए राति सडक मर्मत गरिएको हो।

- ADVERTISEMENT -

Advertisement

‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड र हामीले तत्काल समन्वय गरेर सडक मर्मत गरियो। मुख्य सडक नै भासिएकाले तत्काल बनाइहाल्नुपर्ने पनि थियो। त्यसकारण समन्वय गरेरे रातारात काम गर्‍यौं,’ उनले सेतोपाटीसँग भने।

- ADVERTISEMENT -

Advertisement

उनकाअनुसार मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर पानी निस्किएपछि सडक भासिएको हो।

खानेपानीले फुटेको पाइप मर्मत गरेपछि सडक डिभिजनले बाँकी काम गरेको उनले बताए। अब केही सुख्खा भएपछि सडक कालोपत्र गरिन्छ।

‘त्यो काम पनि छिट्टै गर्छौं,’ डिभिजन सडक कार्यालयका सूचना अधिकारी महर्जनले भने। 

शनिबार कुपन्डोलमा सडक भासिएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -