सिमलताल ट्रक दुर्घटना शंकास्पद, ट्रक त्रिशुलीमा खसालेर चालक र सहचालक भागेको आशंका

September 15, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, भदौ ३०– प्रहरीले नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट मालबाहक ट्रक त्रिशूली नदीमा खसेको घटना शंकास्पद रहेको जनाएको छ ।

तेल बोकेर काठमाण्डु आइरहेको ना६ख ६२८३ नम्बरको ट्रक २९ किलो भन्ने स्थानबाट आइतबार बिहान त्रिशूलीमा खसेको थियो ।

- ADVERTISEMENT -

Advertisement

चितवन प्रहरीका डिएसपी भेषराज रिजालले घटना शंकास्पद रहेको बताए । घटनापछि चालक र सह–चालक फरार छन् । स्थानीयले प्रहरीमा दिएको जानकारीअनुसार शनिबार राति उक्त ट्रक दुर्घटनास्थल नजिकै रोकिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

बिहानपख ट्रक त्रिशूलीमा खसालेर चालक र सह–चालक भागेको हुन सक्ने आशंका प्रहरीको छ । डिएसपी रिजालले ट्रक नदी किनारमा रहेको र चालक र सह–चालक नभेटिएकाले शंका उत्पन्न भएको बताए । उनका अनुसार घटनाको प्रकृतिअनुसार चालक र सह–चालक नदीमा डुबेको जस्तो देखिँदैन ।

- ADVERTISEMENT -

Advertisement

रिजालले ट्रक चालक र सहचालकको मोबाइलको स्वीच पनि अफ रहेको बताए । ‘घटना शंकास्पद छ’, रिजालले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं ।’

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -