हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त

September 15, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, भदौ ३०- हिमालयन एभरेस्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अन्जु श्रेष्ठ नियुक्त भएकी छन् ।

कम्पनीको सञ्चालक समिति बैठकले हाल नायव प्रमुख कार्यकारी अधिकृत रहेकी श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले ४ वर्षको कार्यकाल सम्हाल्ने छिन् ।

- ADVERTISEMENT -

Advertisement

नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृति भएपछि श्रेष्ठले कार्यभार सम्हाल्ने कम्पनीले जनाएको छ । यसअघिका सीईओ विजयबहादुर शाह बाहिरिएपछि श्रेष्ठले नै कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्दै आएकी थिइन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -