काठमाडौँ, भदौ २९- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानवता नै सर्वोच्च धर्म भएकाले यसमा लाग्न सबैलाई आग्रह गरेका छन् ।
मानव सेवा आश्रम शाखा कार्यालय लमजुङको निर्माणाधीन भवन सम्पन्न गर्ने उद्देश्यले आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन् । मानव सेवाबाट नै सही आशीर्वाद पाउने भएकाले यसमा लागेर पुण्य आर्जन गर्न सकिने उनको भनाइ छ ।
- ADVERTISEMENT -

२०८२ सालभित्र देशलाई सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने सङ्कल्प साकार पार्ने सरकारको लक्ष्य हासिल गर्ने अभियानमा मानव सेवा आश्रमको महत्त्वपूर्ण भूमिका रहेको उनले स्मरण गरे ।
- ADVERTISEMENT -

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले कोही पनि नागरिक बेसहारा भएर बस्न नपरोस् भन्ने सरकारको चाहना रहेको बताए ।
- ADVERTISEMENT -

उनले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा नै सो प्रदेशलाई सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गरेको बताए।
- ADVERTISEMENT -

यसै वर्षभित्र लमजुङमा निर्माणाधीन आश्रमको भवन सम्पन्न गरी अन्य क्षेत्रमा जस्तै लमजुङ पनि मानव सेवामा अग्रणी रहेको पुष्टि गर्न सबैसँग मन्त्री गुरुङले आग्रह गरे ।