पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सातवटा अन्तर्राष्ट्रिय उडान |

September 14, 2024
easyJet aeroplane at London Gatwick North Terminal
easyJet aeroplane at London Gatwick North Terminal by Richard Humphrey is licensed under CC-BY-SA 2.0
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, २९ भाद्र – अरबौँ ऋण लगानीमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म सातवटा अन्तर्राष्ट्रिय उडान भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन (आव २०८०/८१) अनुसार दुई वर्ष पुग्नै लाग्दा जम्मा ७ वटा अन्तर्राष्ट्रिय उडान भएको पाइएको हो । 

चीन सरकारको २२ अर्ब सहुलियत ऋण अनुदानमा बनेको उक्त विमानस्थल आर्थिक वर्ष २०७९/८० पुस १७ गते  उद्घाटन गरिएको थियो । दैनिक ६ वटा अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्यका साथ उक्त विमानस्थल निर्माण गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

तर आर्थिक वर्ष २०७९/८० को पुसदेखि असार मसान्तसम्ममा २ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा ५० अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य राखिएकोमा जम्मा पाँचवटा उडान भएका छन् । 

- ADVERTISEMENT -

Advertisement

यस्तै गत आर्थिक वर्ष २०८०/८१ मा  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५० उडान लक्ष्य राखिएकोमा १२० उडान मात्र भएको प्रतिवेदनमा छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -