मधेस प्रदेशका बीस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइयो

September 13, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वीरगञ्ज, भदौ २८ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मधेस प्रदेशको वीरगञ्ज गाउँपालिकामा रिक्त पदमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। मन्त्रालयले एकैपटक देशभरिमा सय जना शाखा अधिकृतको पदस्थापन गर्दै मधेसका बीस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको हो।

मधेसको पर्सा बारासँगै वीस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत थिएनन केही गाउँपालिका निम्ति अधिकृतको भरमा चल्दै आएको थियो। मन्त्रालयका अनुसार मधेसको पर्सामा दुई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाईएको छ। जसमा पकहा मैनपुर गाउँपालिकामा बिजय कुमार चौरसिया र धोबिनीमा मनिषा कर्णलाई पठाइएको छ।

- ADVERTISEMENT -

Advertisement

बाराको करैयामाई गाउँपालिकामा बिनय कुमार गुप्ता र सुवर्ण गाउँपालिकामा पुजा कुमारी तिवारीलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको छ। यसैगरि रौतहटको यमुनामाई गाउँपालिकामा सतेन्द्र यादव,सर्लाहीको बसबरिया गाउँपालिकामा धन्नजय कुमार दास,कोडैनामा कृष्ण्देव राय,धनकौलमा सँजीव साह, विष्णु गाउँपालिकामा आशो कर्ण, पर्सामा अखिलेश्वर कर्ण र रामनगर गाउँपालिकामा दिपेन्द्र प्रसाद यादवलाई पठाइएको छ। त्यस्तै मन्त्रालयले सिरहाको औरही गाउँपालिकामा उदित्य कुमार कर्ण,बिष्णुपुरमा मनोज कुमार मगर र अर्नमा गाउँपालिकामा जितेन्द्र कुमार पासवानलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको छ।

- ADVERTISEMENT -

Advertisement

सप्तरीको रुपणी गाउँपालिकामा मोना झा,तरहुतमा सुमन पण्डित,बलान बिहुलमा रोशन कुमार गुप्ता र बिष्णुपुर गाउँपालिकामा नरेन्द्र कुमार श्रेष्ठलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिईएको छ। महोतरीको सोनमा गाउँपालिकामा जय किशोर साह र पिपरामा अरबिन्द लाल कर्णलाई मन्त्रालयले पठाएको छ।

- ADVERTISEMENT -

Advertisement

मधेसका गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदा कतिपय गाउँपलिकाले आर्थिक बर्ष शुरु भएको साढे दुई महिना भन्दा पनि बढी भइसके पनि हालसम्म बजेट ल्याउन सकेका छैनन। जसका कारण बिकाश निर्माणका कामहरु ठप्प छन।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -