रत्ननगर-१५ द्वारा भजन समुहलाई राष्ट्रिय पोशाक वितरण

September 13, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर, भदौ २८ – रत्ननगर नगरपालिका वडा नं. १५ ले भजन समूहलाई नेपाली राष्ट्रिय पोशाक वितरण गरेकोछ ।

धर्म, कला, संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले शुक्रवार गोरखकाली भजन समूहका ३० जनालाई पोशाक वितरण गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

पुरुषलाई दौरासुरुवाल, जरीकोट, ढाकाटोपी र महिलाहरुलाई साडी, ब्लाउन र पछ्यौरा वितरण गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा बोल्दै वडाअध्यक्ष आसिक तामाङले धर्म, आस्था, संस्कृति, संस्कार प्रति सधै सचेत हुनुपर्ने बताए ।

- ADVERTISEMENT -

Advertisement

भजन समूहका कारणले हाम्रो समाजमा धर्म, संस्कृति र संस्कार जोगिएको उनको भनाईछ । वडाले सबै जातजातीका धर्म, संस्कृतिको संरक्षण गर्ने उनले प्रतिवद्धता जनाए ।

- ADVERTISEMENT -

Advertisement

उनले भने, ‘माधवपुरमा गोरखकाली भजन समूहले कला, संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेकोछ, यस्ता किसिमका कार्यक्रमले माधवपुरमा अझै उत्साह थपिनेछ ।’

पोशाक बितरण कार्यक्रममा वडा सदस्यहरु इम प्रसाद पन्त, लिला देवी पोख्रेल, रुकमाया परियार, वडा सचिव नवराज तिवारी लगायतको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -