पत्रकार महासंघको निर्वाचनको असोज ५ गते सर्‍यो

September 13, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, भदौ २८- नेपाल पत्रकार महासंघको निर्वाचनको मिति फेरि सरेको छ । असोज ५ गतेका लागि तय भएको केन्द्र, प्रदेश र शाखा समितिहरूको निर्वाचनको मिति पुनः सारिएको हो ।

शुक्रबार कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्ति जारी गर्दै असोज ५ गते गर्ने भनिएको तीनै तहको निर्वाचन अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएपछि तोकिएको मितिमा गर्न नसकिएको जनाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

महासंघको निर्वाचन अब आगामी असोज १२ गते हुने भएको हो । महासंघको तर्फबाट आगामी असोज १२ गते शनिबार निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्राचार गरिएको कार्यवाहक अध्यक्ष विष्टले जानकारी गराएका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -