भरतपुर, भदौ २८- चितवनमा रोकिएको जग्गाको कित्ताकाट खुलेको छ । गएको भदौ २ गतेदेखि कित्ताकाट रोकिएको थियो । भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८० मा भएको एक वर्षभित्र जग्गाको वर्गीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्थाका कारण जिल्लामा जग्गाको कित्ताकाट रोकिएको थियो ।
भू–उपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ मन्त्रीपरिषद्बाट स्वीकृत भएर राजपत्रमा प्रकाशित भएसँगै जग्गाको कित्ताकाट खुलेको हो । यसअघिको पहिलो संशोधनमा २०८१ साउन ३२ गतेभित्र सबै स्थानीय तहले जग्गाको वर्गीकरण गरी त्यसको विवरण मालपोत कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरेको थियो ।
- ADVERTISEMENT -

भू–उपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ मा बाधा अड्काउ फुकाएर जग्गाको वर्गीकरण आगामी २०८२ असार मसान्तसम्म गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । उक्त नियमावली बिहीवार राजपत्रमा प्रकाशित भएकाले शुक्रवारदेखि कित्ताकाट खुलेको मालपोत कार्यालय भरतपुरका मालपोत अधिकृत टिकाराम अधिकारीले जानकारी दिए ।
- ADVERTISEMENT -

नियमावलीमा कुन कित्ताको जग्गा कुन क्षेत्रमा पर्छ भनी स्थानीय तहले जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । आगामी २०८२ असार मसान्तसम्म वडाको सिफारिसका आधारमा जग्गाको कित्ताकाट हुने भएको छ ।
- ADVERTISEMENT -
