टिकौली वनका उपभोक्तालाई जलवायु परिर्वतन सम्बन्धी सचेतनामुलक प्रशिक्षण

September 13, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर, भदौ २८- रत्ननगर वडा नं ९ मा रहेको टिकौली मध्यवर्ती सामुदायिक वनका उपभोक्ताहरुलाई जलवायु परिर्वतन अनुकूलन तथा जैविका विविधताको संरक्षण सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको छ ।

जलवायु परिर्वतनले जैविका विविधानमा पारेको असर न्यूनीकरणको लागि समुदायले खेल्नु पर्ने भूमिकाको विषयमा वनका उपभोक्ताहरुलाई प्रशिक्षण दिइएको हो । अमेरिकी सहयोग नियोग(युएसएआइडी)को आर्थिक सहयोगमा सामुहिक अभियानको आयोजना तथा विजय विकास स्रोत केन्द्रको स्थानीय साझेदारीमा कार्यक्रम गरिएको हो । कार्यक्रमको वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारीले उद्घाटन गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

सो अवसरमा उनले जलवायु परिर्वतनका कारण मानव र वन्यजन्तुलाई समेत असर गरेको भन्दै यसको न्यूनीकरणको लागि समुदायको सक्रियता महत्वपूर्ण हुने बताए । मध्यवर्तीमा बसोबास गर्ने बासिन्दाहरु अब जैविक विविधता र वन्यजन्तु जोगाउन जलवायु परिर्वतनको असर न्यूनीकरणमा केन्द्रीत हुनुपर्ने बेला आएको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा सामुहिक अभियान काठमाडौंका प्रशिक्षक खेलमराज सापकोटा, विजय विकास स्रोत केन्द्रका प्रशिक्षकहरु विरभन्द्र सापकोटा र हरिप्रसाद आचार्यले जलवायु परिर्वतनले जैविक विविधतामा गरेको असर र न्यूनीकरणको लागि भएका प्रयासहरुको बारेमा सहजीकरण गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पार्दै सामुहिक अभियान काठमाडौंका प्रशिक्षक सापकोटाले जनवायु परिर्वतनको असर न्यूनीकरणको लागि समुदाय केन्द्रीत कार्यक्रम सञ्चालन गरिएको बताए ।

- ADVERTISEMENT -

Advertisement

टिकौली मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष टिकाराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सचिव शान्तिदेवी शर्मा ढकालले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा वनका समिति, उपभोक्ता, टोल विकास संस्था र आमासमुह गरी ५० जनाको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -