सुरक्षित साकोसको रक्तदानमा ८६ युनिट रगत संकलन

September 13, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कालिका, भदौ २८- कालिका नगरपालिका वडा नं ६ खोलेसिमल स्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ८६ युनिट रगत संकलन भएको छ ।

सो सहकारीको १७औं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा १७ जना महिला सहित ८६ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष लालुप्रसाद दाहालले जानकारी दिए । सो अवसरमा उनले संस्थाले सामाजिक उत्तरदायित्व बहन गरी साधारण सभाको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको बताए ।

- ADVERTISEMENT -

Advertisement

वडा नं ६ वडाध्यक्ष टीकाराम रेग्मी प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाका सभापति राजन रेग्मी लगायतले रक्तदानको महत्वको बारेमा प्रकास पारेका थिए । कार्यक्रम संयोजक विद्याधर बास्तोलाले सहकारीले सञ्चालन गरेका कार्यक्रम र रक्तदानको उद्देश्यकार बारेमा प्रकास पारेका थिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रम नरबहादुर घर्तिजिसीले सञ्चालन गरेका थिए । सो सहकारीको १७औं वार्षिक साधारण सभा असोज ३ गते हुँदै छ । ५ हजार २६८ जना शेयर सदस्य रहेको सो सहकारीको असार मसान्त सम्म शेयर पूँजि १० करोड, ५४ लाख २७ हजार, जगेडाकोषमा १२ करोड ५८ लाख ३८ हजार र अन्य कोषमा ५ करोड ५६ लाख ५३ हजार रहेको छ । ९६ करोड ३१ लाख ९१ हजार कुल सम्पती रहेको सो सहकारीले ६५ करोड ४९ लाख ७५ हजार बचत संकलन गर्दा ७६ करोड ४३ लाख ६३ हजार ऋण लगानी गरेको संस्थाका अध्यक्ष दाहालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -