खोलेसिमल बजारमा मह घर सञ्चालन

September 13, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कालिका , भदौ २८- पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ खोलेसिमल बजारमा किसानले उत्पादन गरेका मह विक्रीका लागि मह घर सञ्चालनमा ल्याइएको छ ।

कालिकाका मौरीपालक किसान शिवप्रसाद पौडेलले पौडेल बी फर्म तथा मौरी घर सञ्चालनमा ल्याएका हुन् । पौडेलले आफुले उत्पालद गरेको महलाई ब्रण्डिङ गरी मह घर मार्फत विक्री सुरु गरेका हुन् । शुक्रबार आयोजित एक औपचारिक कार्यक्रमका बीच कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले मह घरको उद्घाटन गरेका थिए । सो अबसरमा उनले केन्द्र र प्रदेश सरकारले मौरीपालक किसानहरुलाई उपेक्षा गरेको बताए । मौरीपालक किसानलाई स्थानीय सरकारले प्राथमिकता दिएर काम गरेको भएपनि केन्द्र र प्रदेश सरकारको उदासीनताका कारण महले बजार पाउन नसकेको बताए ।

- ADVERTISEMENT -

Advertisement

महको बजारीकरणको लागि आफु मन्त्रीको ढोका सम्म पुगेको उल्लेख गर्दै मेयर रेग्मीले आयत रोकेर स्वदेशी उत्पादनको बजारीकरणको लागि काम गर्न सरकारलाई आग्रह गरेको उनले बताए । देशभरका पालिका मध्ये कालिका नगरपालिकामा सबै भन्दा बढी मह उत्पादन हुने गरेको भन्दै उनले बजारीकरणको समस्याका कारण किसानले उत्पादन गरेको मह विक्री नभएको बताए । वडा नं ६ का वडाध्यक्ष टीकाराम रेग्मीले मह उत्पादनमा कालिका नगरपालिका उच्च स्थानामा रहेको भन्दै उत्पादनका लागि स्थानीय सरकारले गर्नुपर्ने जिम्मेवारी पुरा गर्न आफु तयार रहेको बताए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख महेश रेग्मीले महको बजारीकरणको लागि प्रचारात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको बताए । अहिले सम्म उत्पादनलाई जोड दियौं उनले भने अब मह विक्री गर्न प्रचारात्मक कार्यक्रम गर्दैछौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मह जोन संयोजक रामप्रसाद पौडेलले मह उत्पादनको हिसाबले चितवन अब्बल जिल्लाको रुपमा स्थापित भइसकेको भन्दै अब उत्पादन र बजारीकरणको कामलाई संगसंगै अगाडि बढाउने बताए । कृषि विकास कार्यालय भरतपुरका प्रमुख झलक कँडेलले मह विक्री नहुनुको कारणको खोजी गरी त्यसको सामधान खोज्नु पर्ने बताए । आयतित महको कारण प्रमुख रहेको भन्दै उनले भारतबाट ल्याइएको मह खरिद विक्री रोक्ने नीति लिनुपर्नेमा जोड दिए । मह घरका सञ्चालक पौडेलले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ४ लाख र व्यक्तिगत दुई लाख गरी ६ लाखको लगानीमा मह घर सञ्चालनमा ल्याएको बताए । सरकारका विभिन्न निकायबाट अनुमति लिएर पौडेलले महलाई नाइन नेष्टरको नाममा ब्राण्डिङ गरेको बताए ।

- ADVERTISEMENT -

Advertisement

मौरीपालक किसान रुविन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका प्रमुख सुजन अम्गाई, नेपाल मौरीपालक महासंघ बागमती प्रदेश समितिका महासचिव गंगाप्रसाद सापकोटा, खोलेसिमल बजार व्यवस्थापन समितिकी अध्यक्ष सविता वाग्ले, सामाजिक व्यक्तित्व कमल आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा समाजसेवी रमेशजंग थापा सहित मौरीपालक किसान तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कालिका नगरपालिकामा १०० बढी किसानले बार्षिक २०० मेट्रिकटन मह उत्पादन गर्दै आएका छन् ।

- ADVERTISEMENT -

Advertisement

चितवनमा बार्षिक ७०० मेट्रिकटन मह उत्पादन हुँदै आएको छ । जिल्लाका सात पालिकाका बार्षिक २० करोडको मह उत्पादन हुँदा कालिका नगरपालिकामा मात्र ६ करोडको मह उत्पादन हुँदै आएको नेपाल मौरीपालक महासंघका पूर्व अध्यक्ष समेत रहेका मह घरका सञ्चालक पौडेलले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -