सरकारले भेट्टाउन सकेन विदेशमा लुकेका सहकारी सञ्चालक, समितिले गृहमन्त्रीसँग सोध्ने

September 13, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं२८ भाद्र- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले विदेशमा लुकेका सहकारी सञ्चालकहरूबारे सरकारसँग फेरि सोध्ने भएको छ ।

सहकारी ठगीमा संलग्न भएर विदेश भागेर उतै लुकेका १८ जनालाई नेपाल ल्याउन गत साउन १३ गतेको बैठकबाट दिइएको निर्देशन कार्यान्वयनको अवस्थाबारे समितिले गृहमन्त्री रमेश लेखकसहितसँग छलफल गर्न लागेको हो ।

- ADVERTISEMENT -

Advertisement

देशबाहिर रहेका १८ जनाको नाम समितिले डेढ महिनाअघि नै गृहमन्त्री लेखकलाई उपलब्ध गराएको थियो । उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिइएको निर्देशन कार्यान्वयनको अवस्थाबारेमा सरकारी अधिकारीसँग छलफल गर्न लागिएको समिति संयोजक सूर्य थापाले बताए ।

- ADVERTISEMENT -

Advertisement

‘आजै अपरान्ह गृहमन्त्री रमेश लेखक, गृह सचिव र प्रहरी प्रमुखसहितलाई समितिमा आमन्त्रित गरिएको छ’, उनले भने, ‘विदेशमा फरार व्यक्तिहरूलाई ल्याउन साउन १३ गतेको बैठकको निर्देशन कार्यान्वयनबारे उहाहरूसँग छलफल हुनेछ ।’

- ADVERTISEMENT -

Advertisement

अहिले सहकारीको अर्बौँ बचत ठगेर भागेकामध्ये सबैभन्दा चर्चित ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका साझेदा उनी मलेसियामा लुकेर बसेको बताइन्छ । नेपाल प्रहरीको टोली दुई पटक जाँदासमेत उनलाई पक्राउ गर्न सकेको छैन ।

- ADVERTISEMENT -

Advertisement

यसअघि साउन १३ मा गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख लगायतसँग छलफल गर्दै समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएको भन्दै उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिएको थियो ।

सभापति थापाले समितिको ६० औँ बैठक शुक्रबार दिउँसो बसेको बताउँदै प्रतिवेदन लेखनलाई पनि अन्तिम चरणमा लगिएको उल्लेख गरेका छन् ।
‘समितिको आजको बैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गरिएको छ’, उनले भनेका छन् ।

को कुन देशमा छन् ?

१) जीबी राई (स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.) – मलेसिया
२) भरत महर्जन (सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.) – बेलायत
३) राजमाया महर्जन श्रीमती (सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.) – बेलायत
४) सचिन महर्जन (सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.) – बेलायत
५) छोरा, सरला महर्जन छोरी (सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.) – बेलायत
६) ज्ञानबहादुर बम्जन (सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.) – अमेरिका
७) थानबहादुर बुढामगर (सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात
८) भूपेन्द्र राई (सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात
९) तेजबहादुर बम्जन तामाङ (शिवदर्शन बचत तथा ऋण सहकारी संस्था लि.) -भारत/युरोप
१०) देवकुमार नेपाली (इमेज बचत तथा ऋण सहकारी संस्था लि.) – भारत
११) छेदा नेपाली (इमेज बचत तथा ऋण सहकारी संस्था लि.) – भारत
१२) तस्बिरन खातुन (सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात
१३) असरफ अली (सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात
१४) सुभास केसी (सहारा बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात
१५) दीपक पौडेल (इमेज बचत तथा ऋण सहकारी संस्था लि.) – भारत
१६) लीलानाथ गौतम (शिवशिखर बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात
१७) महाशंकर रेग्मी (मेघा ड्रिम बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात
१८) प्रेमध्वज लामा (कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लि.) – अज्ञात

सहकारी ठगीमा मुछिएका सूर्यदर्शन बचत तथा सहकारी संस्था लिमिटेड पोखराका सञ्चालक ज्ञानबहादुर बम्जन अमेरिका भासिएकाले फिर्ता ल्याएर बयान गराउनु आवश्यक रहेको संसदीय छानबिन समितिले सरकारलाई यसअघि नै भनिसकेको छ ।

सुमेरू बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक भरत महर्जन, श्रीमती राजमाया महर्जन, छोरा सचिन र छोरी सरलासहित स-परिवार बेलायतमा लुकेका छन् । तर अहिलेसम्म सरकारले यी कुनै पनि व्यक्तिलाई नेपाल फिर्ता ल्याउने गम्भीर पहल गरेको छैन।

- ADVERTISEMENT -
- ADVERTISEMENT -