रास्वपाका पूर्व सांसद ढाकाकुमार लागुऔषध कसूरमा पक्राउ

September 12, 2024
Oplus_131072
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पोखरा, भदाै २८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबार कसूरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पक्राउ गरेको हो ।

२०७९ को आमनिर्वाचनमा समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेका श्रेष्ठ गत वर्ष ‘टेप प्रकरण’ का कारण निस्कासित भएका थिए ।गत ३ साउनमा पोखराबाट रोल्पा त्रिवेणी ७ का ४२ वर्षीय प्रकाश थापा मगर लागु औषधसहित पक्राउ परेका थिए । ट्रुपेन (टपेन्टाडोल) नाम भएको ट्ब्याबलेट ९७ चक्कीसहित उनी पोखरा २, बागलुङ बसपार्कबाट पक्राउ परेका थिए । उनीविरुद्ध लागुऔषध मुद्दा अनुसन्धानमा निजले पोखरा ९, पृथ्वीचोकस्थित दीया फार्मेसीबाट खरिद गरी ल्याएको बयान दिएपछि उक्त फार्मेसीका संचालक श्रेष्ठ पक्राउ परेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

पोखरा २४ निवासी ४२ वर्षीय श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट कानुनबमोजिम पक्राउ अनुमति लिई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनासदीप जिसीले बताए ।

- ADVERTISEMENT -

Advertisement

उनी मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घूस मागेको अडियो सार्वजनिकसँगै विवादमा मुछिएका थिए । र, रास्वपाले तुरुन्तै उनलाई कारबाही गरी सांसद पदबाट हटाएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -