काठमाडौं,भदौ २७ – स्थानीय सरकारको संस्थागत क्षमता स्वमुल्याङ्कनमा उत्कृष्ट बनाउन नेतृत्व गरेका रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा सम्मानित भएका छन्।
नेपाली काँग्रेस स्थानीयतह समन्वय समितिले मेयर सापकोटाको नेतृत्वको उच्चकदर गर्दै सम्मान गरेको हो । पार्टी केन्द्रीयकार्यालय सानेपामा आयोजित विशेष कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले सम्मान गरेका हुन् ।
- ADVERTISEMENT -

काँग्रेसबाट निर्वाचित भएका सापकोटाले देशभरमै उत्कृष्ट काम गरेको मुल्याङकन गरेर सम्मान गरिएको काँग्रेसका केन्द्रीय सदस्य एवं स्थानीय तह समन्वय विभागका संयोजक मधु आचार्यले बताए ।
- ADVERTISEMENT -

बिहीबार काँग्रेस मुख्यालय सानेपामा कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाउँरनगरपालिकालाई सम्मान गरेको हो । स्थानीय सरकरको नेतृत्वमा पुगेर पार्टीको गौरव बढाएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाले सापकोटाको प्रसंसा गरेका थिए। त्यस्तै महामन्त्री गगनकुमार थापाले आफ्नो जिम्मेवारीमा सफल भएकोमा बधाई दिँदै थप सशक्तभएर लाग्न आग्रह गरेका थिए।
- ADVERTISEMENT -

महामन्त्री थापाले उत्कृष्ट काम गर्नेलाई पार्टीले खोजी खोजी जिम्मेवारी दिने बताए ।
- ADVERTISEMENT -

नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अभ्यासमा ल्याएको स्थानीय सरकारको संस्थागत क्षमता स्वमुल्याङ्कनमा आर्थिक वर्ष २०७९/८० गुणस्तर मुल्याङ्कनमा रत्ननगर नगरपालिका देशभरका स्थानीयतह मध्ये तेस्रो भएको थियो ।
सोही कारण पार्टीको केन्द्रीयतहको विभागले कार्यक्रम आयोजना गरेर मेयर सापकोटा र नगरपालिकालाई बधाई दिदै सम्मान गरेको हो ।