मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

September 12, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, भदौ २७– मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।

उच्च अदालतमा विद्यार्थीले मुद्दा हालेपछि यही भदौ २८ शुक्रबारका लागि तय भएको निर्वाचन स्थगित भएको हो ।निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम नामावलीमा आफूहरूको नामावली नआएपछि साइन्स एण्ड टेक्नोलोजी डिपार्टको छैटौं सेमेस्टरका विद्यार्थीले रिट हालेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

स्ववियु निर्वाचन अधिकृत त्रिभूवन विसीले स्टे अर्डर आएको बताउँदै आगामी असोज ६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको खबर आएको बताए । तर, पत्र आइनसकेको उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

मप विश्विद्यालयमा साउन ३१ गतेदेखि निर्वाचन प्रक्रिया सुरु भएको थियो । जसअन्तर्गत निर्वाचन अकिकृतको कार्यालयले भदौ ५ गते अन्तिम नामावली प्रकाशित गरेको थियो । तर, रंजित विकसमेतका विद्यार्थीहरूले आफूहरूले पनि मतदान गर्न पाउनु पर्ने भन्दै बुधबार रिट हालेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -