तेस्रो एनटीए लिग तेक्वान्दोमा चितवनलाई हालसम्म ६ पदक

September 11, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, भदौ २६– काठमाडौंको सातदोबाटोस्थित तेक्वान्दो संघको हलमा जारी तेस्रो एनटीए नेशनल लिग तेक्वान्दो प्रतियोगितामा चितवनले हालसम्म ६ वटा पदक जितेको छ ।

खैरहनी डोजांगका अभिषेक तामाङ र ग्रिस्मा थापाले पियर पुम्से १७ वर्ष तलको क्याटेगोरीमा रजत पदक ल्याएका छन् भने महिला २९ केजी तौल मुनिको प्रतिस्पर्धामा मन्जिता नेपालीले फाईट तर्फ कांस्य पदक प्राप्त गरेकी छन् भने पुरुष १७ वर्ष तलको क्याटेगोरीमा एकल पुम्सेमा अभिषेक तामाङले कांस्य पदक ल्याएका छन् । यस्तै चितवन जिल्ला तेक्वान्दो संघकै टिमबाट प्रतिनिधित्व गरेका दुई खेलाडी फाईटतर्फ सौगात सुन्दास ५५ केजी र सुजता परियार ४९ केजीतर्फ रजत पदक ल्याउन सफल भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगितामा चितवनका अन्य खेलाडीहरुको खेल हुन बाँकी नै छ । प्रतियोगितामा चितवनबाट ६० जना भन्दा बढी खेलाडीले सहभागिता जनाएको तेक्वान्दोका प्रशिक्षक रमेश कार्कीले जानकारी दिए । भदौ २३ गतेदेखि सुरु भएको प्रतियोगिता २८ गतेसम्म चल्ने छ ।

- ADVERTISEMENT -

Advertisement

यस प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई तेक्वान्दोको वरियतामा समावेश गरिने नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले जानकारी दिए । उनका अनुसार यस प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई भने यही नोभेम्बरमा हुने माउण्ट एभरेष्ट जी–१ कपमा निःशुल्क प्रतिस्पर्धा गराइने छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -