चितवन,भदौ २६- भारतीय राष्ट्रिय टिमकी मिडलब्लकर सूर्या एसले चितवन शक्तिबाट एभरेस्ट महिला भलिबल लिग (इडब्ल्यूभीएल) खेल्ने भएकी छन् । चितवनले उनलाई दोस्रो विदेशी खेलाडीको रुपमा टिममा अनुबन्ध गरेको हो । असोज १४ बाट १९ गतेसम्म दशरथ रंगशालामा हुने खेलमा उनले चितवनबाट खेल्ने भएकी हुन् । यस अघि चितवनले अजरबैजानकी केन्सिया पावलेन्किोलाई पनि टिममा अनुबन्ध गरिसकेको छ ।
चितवनको टिमः
- ADVERTISEMENT -
अरुणा शाही, सलिना बुढामगर, जेनिशा विश्वकर्मा, एन्जिला प्रधान, सुनिता खड्का, भावना डांगी, वाल्मिका आचार्य, सरस्वती कट्टेल, केसेनिया पाभलेन्को ।
- ADVERTISEMENT -