उपसभामुख रानाले राजीनामा दिनुपर्ने कांग्रेसको निष्कर्ष

September 11, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं,भदौ २६- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन आग्रह गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमा उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

- ADVERTISEMENT -

Advertisement

कांग्रेसले यस विषयमा सत्ता गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने निर्णय पनि गरेको घिमिरेले जानकारी दिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

यदि उपसभामुख रानाले पद त्याग नगरेमा उनलाई संसद्‍बाट दुईतिहाइको बहुमतले हटाउने तयारी कांग्रेस र नेकपा एमालेले गरिसकेका छन् ।

- ADVERTISEMENT -

Advertisement

दुवै दलले मंगलबार नै संसद् भवन परिसरमा आफ्नो दलका सांसदहरूको हस्ताक्षर पनि संकलन गरिसकेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -