भद्रकाली माविका विद्यार्थीको रक्त समूह परीक्षण

September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,भदौ २५ – रत्ननगर–१६ वडा कार्यालय र पिठुवा स्वास्थ्यचौकीको संयुक्त आयोजनामा भद्रकाली माविका विद्यार्थीहरुको रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापाको अध्यक्षता एवं भद्रकाली माविका प्रधानाध्यापक चिरञ्जीवी खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कक्षा ६ देखि १० सम्मका १४० विद्यार्थीको रक्त समूह (ब्लड ग्रुपिङ) गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा वडाध्यक्ष थापाले विद्यार्थीहरुको रक्त समूह पहिचान भएमा आकस्मिक समयमा महत्त्वपूर्ण भूमिका हुने बताए ।

- ADVERTISEMENT -

Advertisement

उनले विद्यार्थीहरुलाई रक्तदान गर्न प्रेरित गर्दै दुर्लभ रक्त समूहको पहिचानका लागि पनि विद्यालयमा यस्तो कार्यक्रम प्रभावकारी हुने बताए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमको सहजीकरण गर्दै पिठुवा स्वास्थ्यचौकीका प्रमुख नरहरि श्याम शर्माले विद्यालयमा रक्तदानबारे जनचेतना जगाउँदै १४० जना छात्रछात्राको रक्त समूह परीक्षण गरी कार्ड प्रदान गरिएको जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा वडा सचिव मञ्जु पौडेल, विद्यालय नर्स वन्दना सापकोटालगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -