पिठुवा खानेपानीमा सहलगानीमा थप पूर्वाधार निर्माण सुरु

September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,भदौ २५ – पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सहलगानी आयोजना अन्तर्गत थप पूर्वाधार निर्माण सुरु गरेको छ ।

संस्थाको सेवा भित्रका सबै घरधुरीमा खानेपानी पुर्‍याउने लक्ष्यका साथ पिठुवा सहलगानी खानेपानी तथा सरसफाई आयोजना निर्माणको काम सुरु गरिएको संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

नेपाल सरकारको ७० प्रतिशत र संस्थाको ३० प्रतिशत गरि करिब ९ करोडको लगानीमा प्रेसर फिल्टर सहितको ४ लाख ५० हजार लिटरको खानेपानी ट्याङकी निर्माण, कम्पाउण्ड बाल, ३६ किलोमिटर पाईपलाईन विस्तार र बोरिङ निर्माण गरिने छ । खानेपानीको उक्त पूर्वाधार रत्ननगर वडा नं १६ खैरेटीमा निर्माण सुरु गरिएको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

सहलगनीमा सुरु भएको आयोजनाले गर्ने कामहरुको बारेमा जानकारी गराउन मंगलबार संस्थाका समिति, सल्लहाकार समिति र सरोकारबाला बीच अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमका प्रमुख अतिथि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका प्रमुख सुन्दर सुवेदीले खानेपानी सम्बन्धी कानुनी पक्ष, उपभोक्ताको जिम्मेवारी, इन्जिनियर प्रदिप रेग्मीले आयोजनाको लागत र निर्माण हुने संरचना, सेतीमहाकाली जेवीका इन्जिनियर देवेन्द्र रानाभाटले निर्माण पक्षका बारेमा सहजीकरण गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तुल बहादुर रायमाझीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सचिव रुपेश तिवारीले सञ्चालन गरेका थिए । सो संस्थामा हाल ४ हजार ६०० उपभोक्ता रहेका छन् ।

सहलगानीमा आयोजना निर्माण भएपछि ८०० घर धुरीमा पानी पुर्‍याउने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -