रत्ननगर,भदौ १७ – रत्ननगर नगरपालिका वडा -५मा विद्यार्थीलाई लक्षित गरी लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएक छ।
लागुऔषध प्रयोग गर्ने बढीरहेको बेला चितवनको रत्ननगर ५ झुवानीमा रहेको झुवानी माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकहरुलाई लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको
लायन्स कलव अफ चितवन टाईगर्सका अध्यक्ष गाेकुल पराजुलीले बताए ।
- ADVERTISEMENT -

लायन्स क्लव अफ चितवन टाईगर्स र लायन्स क्लव अफ रत्ननगर लेडिज को सयुक्त आयोजनामा एवं रत्ननगर नगरपालिका वडा नम्बर -५ ,ईलाका प्रहरी कार्यालय रत्ननगर र झुवानी सामुदायिक पुस्तकालयको समन्वयमा
भएको कार्यक्रममा लागु औषध दुर्व्यसन र यसका असर, समाजमा पार्न सक्ने नकरात्मक प्रभावका बारेमा ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरिक्षक डा. हेम के.सीले प्रशिक्षण दिएका थिए।
- ADVERTISEMENT -

यस्तै वडा अध्यक्ष बालकृष्ण चापागाईले समाजमा दिन प्रतिदिन लागु औषध प्रयोग गर्नेको संख्या बढीरहेकाले यसलाई जरै देखि निर्मूल पार्नु पर्ने बताए । युवा पुस्ताले नै यसलाई निर्मूल पार्न भूमिका निर्वाह गर्नु पर्ने उनको भनाइ छ ।
- ADVERTISEMENT -

वडाध्यक्ष चापागाईले यस्ता खालका कार्यक्रम विद्यालय स्तरमा नै सञ्चालन गर्नुपर्ने बताए । उनले कक्षा ३ देखि १० सम्मका बालबालिकाहरु बढी कुलत फस्ने गरेको बताउँदै यस्ता कार्यक्रम उनीहरुलाई गतल बाटोमा लाग्न नहुने रहेछ भन्ने ज्ञान हासिल हुने बताए।
- ADVERTISEMENT -

कार्यक्रममा विद्यार्थीहरुकाे निकै उत्साहपूर्ण उपस्थिति रहेको थियो । उनीहरूले लागुऔषध दुर्व्यसनमा आफु नफस्ने र अरुलाई पनि फस्न नदिने प्रतिबद्धता गरेका थिए।
कार्यक्रममा वडा सदस्यहरु दाेय निलु शर्मा , ज्ञानु सुनार ,लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ आरका क्याबिनेट सेक्रेटरी निरज श्रेष्ठ र एक्जुकेटभ चिफ दिपेन्द्र खतिवडा , लायन्स क्लव अफ रत्ननगर लेडिजका अध्यक्ष सबिता पोखरेल,झुवानी सामुदायिक पुस्तकालयको अध्यक्ष अनिल अर्याल ,झुवानी माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक खगेश्वरी चालेसे लगायतकाे उपस्थिति रहेकाे थियाे ।
क्लबका कोषाध्यक्ष टेक प्रसाद सापकोटाको संयाेजनमा भएकाे कार्यक्रमकाे सचिव बिबेक लामिछानेले सञ्चालन गर्नुभएको थियो।