अर्किडमा जिल्ला स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न,स्काइराइडर मा वि रत्ननगर प्रथम

August 31, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -


भरतपुर,भाद्र १५ – “लोक सँस्कृती को संरक्षण, श्रष्ट्राको सम्मान र नवप्रतिभाको प्रोत्साहन ” भन्ने आदर्श अनुरूप अर्किड मा.वि भरतपुर -१० ले तीज को अवसर पारी जिल्लाब्यापि अन्तर विद्यालय तीज गीत प्रतियोगिता आयोजना गरेको छ।

विद्यालय अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रतीक्षा श्रेष्ठ संयोजक रहेको उक्त कार्यक्रममा चितवन जिल्लाका ३० भन्दा बढी समूह को सहभागीता रहेको थियो।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगितामा स्काइराइडर मा वि रत्ननगर प्रथम, ओम शान्ति मावी भरतपुर, सनराइज स्कुल क्रमशः दोश्रो र तेस्रो भएका थिए। नेपाल प्रहरी स्कुल को कार्यक्रममा विशेष प्रस्तुति रहेको थियो।

- ADVERTISEMENT -

Advertisement

जिल्लाका सामुदायिक एवम संस्थागत विद्यालयको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता विद्यालय सन्चालक समितिका अध्यक्ष बाबुराम खनालले गर्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णहरि पण्डित रहनु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा प्रतियोगीलाइ सम्मान स्वरूप प्रमाणपत्र र विजयी प्रतियोगीलाई नगदपुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको निर्णायक मण्डल सदस्य मीरा आचार्यले जनाउनुभयो। निर्णायक मण्डलको अन्य सदस्य मा प्रतीक्षा श्रेष्ठ र चन्द्र घले रहनुभएको थियो।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -