ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कास्य पदक

August 31, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, भदौ १५- नेपालकी पलेशा गोवद्र्धनले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेकी छिन् ।

के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा शुक्रबार कास्य पदक जित्दै पलेशा नेपालका लागि ओलम्पिक र पारा ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन् ।

- ADVERTISEMENT -

Advertisement

पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक पनि बनेको छ । कास्य पदकका लागि भएको रिपाचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले हराउँदै नेपाललाई पदक दिलाइन् ।

- ADVERTISEMENT -

Advertisement

पलेशाले रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २–१ को स्कोरमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेकी थिइन् ।

- ADVERTISEMENT -

Advertisement

नेपालले सन् १९६४ को टोकियोमा पहिलो पटक समर ओलम्पिकमा सहभागिता जनाएको ६ दशक सम्म पदक विहीनताको अवस्थालाई पलेशाले तोडेकी हुन् । उनै पलेशाले चीनको ह्वाङझाउमा चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -