भरतपुर, भदौ १४- भरतपुर महानगरपालिका वडा नं–३, पुल चोकस्थित नारायणी पुलबाट हाम फालेर एक वृद्धा बेपत्ता भएकी छन् ।
नारायणी नदीको पुलको बीच भागबाट भरतपुर–८ बस्ने ६१ वर्षीया गन्धरी राई नारायणी पुलबाट हाम फालेर बेपत्ता भएकी हुन् ।
- ADVERTISEMENT -

वृद्धा हाम फालेको जानकारी प्राप्त हुनासाथ विपद्सहितको प्रहरी टोलीले खोज तलास कार्य भइरहेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । वृद्धाको सनाखत निजका छोरा अर्जुन रानाले सनाखत गरेका छन् ।
- ADVERTISEMENT -
