राप्ती, भदौ १४- राप्ती नगरपालिका वडा नं–३, झुरझुरेस्थित सडकमा बिहीबार बेलुकी ७ः२० बजे मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
बागमती प्रदेश ०३–००१ प २५०५ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर खाँदा मोटरसाइकल चालक राप्ती–४ बस्ने ३६ वर्षीय हरिकृष्ण दवाडी र पैदलयात्री राप्ती–३ बस्ने ६५ वर्षीया विष्णुमाया बयलकोटी घाइते भएकी छन् ।
- ADVERTISEMENT -

वृद्धा बयलकोटीको खुट्टा भाँचिएको छ । घाइतेको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको र उपचारका निजका आफन्त संलग्न रहेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -
