सुरुवाती तीन खेलमा एम्बाब्पे फ्लप, रियल मड्रिडले गुमायो ४ अंक

August 30, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं,भदौ १४– यसै सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट फ्री ट्रान्सफरमा रियल मड्रिडमा आइपुगेका स्टार स्टाइकर किलियन एम्बाप्पेलाई नयाँ ठाउँमा फिट हुन मुस्किल परेको छ।

पीएसजीमा उत्कृष्ट प्रदर्शन गरेका विश्वविजेता युवा स्ट्राइकर एम्बाप्पे ला लिगाको नयाँ सिजनका सुरुवाती तीन खेलमा एक गोल पनि गर्न सकेका छैन् ।

- ADVERTISEMENT -

Advertisement

ला लिगाका तीनै खेलमा सुरुवातमै मैदानमा उतारिएका एम्बाप्पेले रियलका लागि स्कोर गर्न अझै कुर्नुपर्ने भएको छ ।

- ADVERTISEMENT -

Advertisement

एमबाप्पे चल्न नसक्दा गयराति भएको ला लिगाको तेस्रो चरणको खेलमा साविक विजेता रियल मड्रिडले लास पाल्माससँग १–१ गोलको बराबरीमा चित्त बुझाउनुपरेको छ ।

- ADVERTISEMENT -

Advertisement

विश्वचर्चित र महँगा खेलाडीहरूलाई मैदानमा उतारे पनि रियलले तीनमध्ये दुई खेलमा बराबरी गर्न बाध्य भएको छ । एम्बाप्पेले रियलका लागि एटलान्टाविरुद्ध भएको युइएफए सुपर कपमा एक गोल गरेका थिए । त्यसयता ल लिगामा उनको सुरुवात भने निराशाजनक भएको छ।

- ADVERTISEMENT -

Advertisement

गयरातिको खेलमा पछि परेको अवस्थामा रियलका लागि भिनिसियस जुनियरले पेनाल्टीबाट गोल गरेका थिए । सुरुवाती अग्रता भने पाल्मासले खेलको पाँचौँ मिनेटमा मोलेरियोको गोलबाट गरेको थियो। खेलको पहिलो हाफमा पछि परेको रियलका लागि भिनिसियसले दोस्रो हाफमा पेनाल्टीबाट गोल गरे । उनले खेलको ६९ औँ मिनेटमा गरेको पेनाल्टी गोलले रियलको हार टार्न सक्यो ।

रियलले यो सिजनको पहिलो खेलमा आरसीडी मालोर्कासँग १-१ गोलको बराबरीमा रोकिँदै अंक बाँडेको थियो । त्यसपछि दोस्रो खेलमा उसले भालाडोलिडलाई ३–० ले हराएको थियो ।

सिजनको दोस्रो खेलको डेब्युमै बरु ब्राजिलका युवा स्ट्राइकर इन्ड्रिकले गोल गरेर शानदार सुरुवात गरेका थिए । विश्वका स्टार खेलाडीहरूले भरिएको रियलको सिजनको थालनी गतिलो नभएपछि प्रशिक्षक कार्लो एन्सेलोट्टीले गत सिजनजस्तो बलियो हुन गाह्रो भएको बताए ।

‘यो सुरुवातले हामीलाई अपेक्षाभन्दा कठिन भएको छ। सुरुवाती तीन म्याचले मलाई धेरै चीज देखाए, मैले सोचेजस्तो काम भइरहेको छैन। हामीले चाँडै समाधान खोज्नु जरुरी भइसकेको छ’, उनले भनेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -