कालिका, भदौ १४- कालिका नगरपालिका वडा नं–१०, पाइमराङस्थित चट्याङ लागेर बिहीबार एक पुरुषको मृत्यु भएको छ भने अर्का एक महिला घाइते भएका छन् ।
कालिका–१० घर भई एक किलोमिटरपूर्व सम्धिनीको घरमा बस्ने ५० वर्षीय दिलबहादुर प्रजाको चट्याङ लागी मृत्यु
भएको हो । चट्याङ लागेर सोही ठाउँ बस्ने २४ वर्षीया सरिता चेपाङ घाइते भएकी छन् ।
- ADVERTISEMENT -

घाइते महिलाको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -
