आवेगपूर्ण अभिव्यक्ति नदिन दलहरुलाई एमालेको आग्रह

August 30, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, भदौ १४- सत्तारुढ नेकपा एमालेले विश्व राजनीतिक घटनाक्रमसँग जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन राजनीतिक दलहरूलाई आग्रह गरेको छ।

पार्टी मुख्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले मुलुकको संवेदनशील अवस्थाप्रति गैरजिम्मेवार अभिव्यक्ति नदिन दलहरूलाई आग्रह गरेको हो।

- ADVERTISEMENT -

Advertisement

पछिल्लो राजनीतिक घटनाक्रमका साथै कांग्रेस र एमाले गठबन्धन सरकारको प्रारम्भिक समीक्षा गर्दै एमालेले जनतामा सकारात्मक सन्देश प्रभावित भएको निष्कर्ष निकालेको छ। पार्टीको नयाँ वार्षिक कार्ययोजनाको मस्यौदामा सामान्य छलफल गर्दै बैठकले आगामी पोलिटब्युरोबाट अन्तिम रूप दिने निर्णय गरेको छ।

- ADVERTISEMENT -

Advertisement

नयाँ वार्षिक कार्ययोजनामा सदस्यता विस्तार, अभिलेखीकरण, नवीकरण प्रभावकारी बनाउनेलगायत विषयमा छलफल भएको छ। भदौ २६ गते सुवास नेम्वाङको प्रथम स्मृतिसभा आयोजना गर्ने निर्णय गरेको एमालेले भदौ १८ र १९ मा पालिटब्युरो बैठक बोलाएको छ। बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदा पेस गरेका थिए।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -