काठमाडौं,भदौ १३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले दुई तिहाइको दम्भ देखाइरहे सडकमा आउने बताएका छन् ।
पार्टीको सुदूरपश्चिमस्तरीय परामर्श बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले दुई तिहाइको घमण्ड नगर्न आग्रह गरेका हुन् । सरकारको सुरुवाती दिन हेर्दा राम्रो संकेत नदेखेपछि आफूले संसदबाट बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरेको भन्दै उनले भने, ‘अलि बढी गर्नुभयो भने सडकमा आउँछौं ।’
- ADVERTISEMENT -

भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा आफ्नो नेतृत्वको सरकारले गरेको कामबारही नरोक्न माग गर्दै सडकमा आउने उनले बताए ।
- ADVERTISEMENT -
