पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

August 29, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जुम्ला,भदौ १३- अविरल वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सवारी साधन बिच बाटोमै रोकिएका छन् ।

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

उनले पहिरो पन्छाउने काम भइरहेको बताए । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -