रत्ननगर, भदौ १२- नेपाल मावि अन्तर्गत बौदिक अपाङ्ग इकाइमा अध्यायनरत बालबालिकाहरुलाई बुधबार दर खुवाइएको छ । नजिकिदै गरेको हरितालिका तीजको अबसरमा स्पाउस क्लव अफ आरसी रत्ननगरले बालबालिकालाई विद्यालयमै दरका रुपमा मिष्ठान्न भोजन गराएको हो ।

सामाजिक कार्यमा संक्रिय रहदै आएको स्पाउस क्लबले बौदिक अपाङ्गता भएका बालबालिकालाई चाडपर्व आएको अनुभूति दिलाउन विद्यालयमै भोजन गराइएको क्लवकी संस्थापक अध्यक्ष विमला सुवेदी खनालले बताइन् । इकाइमा रहेका २९ जना बालबालिकालाई दर खुवाइएको उनले जानकारी दिइन् ।
- ADVERTISEMENT -

वडा नं २ की वडा सदस्य रमादेवी भट्टराई प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा नेपाल माविकी सहायक प्रध्यानाध्यापक मैयाँ केसी, रोटरी क्लव ३२९२ का असिष्टेन गभर्नर विष्णु शर्मा, रोटरी क्लव अफ रत्ननगरकी अध्यक्ष विरन्जना घिमिरे, शिक्षिका तथा स्पाउस क्लवकी निर्वतमान अध्यक्ष गीता वाग्ले लगायतले मन्तव्य राखेका थिए ।
- ADVERTISEMENT -


कार्यक्रम स्पाउस क्लवकी अध्यक्ष राधिका तिमिल्सिनाको अध्यक्षतामा भएको थियो । स्पाउस क्लवले विपन्न समुदायको शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गर्दै आएको अध्यक्ष तिमिल्सिनाले बताइन् ।
- ADVERTISEMENT -

कालिकका चेपाङ महिलाहरुको स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण, झुवानी माविका विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी, पोसाक र विद्यालयलाई टेलिभिजन र ल्यापटप सहयोग गरेको उनले जानकारी दिइन् ।
- ADVERTISEMENT -


दर खुवाउने कार्यक्रममा स्पाउस क्लवका पूर्वअध्यक्षहरु, पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।