काठमाडौं, भदौ १२- नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन्।
झाँक्री नेतृ जयन्ती राईसँग पराजित भएकी हुन्। राईले १८९ मत पाउँदा झाँक्रीले १२२ मत मात्र पाइन्।
- ADVERTISEMENT -

यस्तैगरी, मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन्। उनले १६४ मत पाए।
- ADVERTISEMENT -

खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन्। उनीहरूले क्रमश: १८९, १५६, १३९, १५१ मत पाए।
- ADVERTISEMENT -

उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन्। उनीहरूले क्रमश: १५८, १०७, १०६, १०५ मत ल्याए।
- ADVERTISEMENT -

त्यस्तैगरी, सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्माले १८० मत, आदिवासी जनजातिबाट बलदेव चौधरीले १७५ मत, खुलाबाट शेरबहादुर कुँवरले १५३, चन्द्रबहादुर शाहीले ९१, सोप्रसाद पाण्डेले १४१, सावित्रा कुमारी भुसालले १०६ र श्रीनाथ बरालले १०७ मत पाइ निर्वाचित भए।
आन्तरिक निर्वाचनको अन्तिम नतिजा:
वरिष्ठ उपाध्यक्ष:
राजेन्द्र प्रसाद पाण्डे (सर्वसम्मत)
उपाध्यक्षहरू
१. जयन्ती राइ (पूर्व उपाध्यक्ष)
२. धर्मनाथ शाह (पूर्व उपाध्यक्ष)
३. प्रकाश ज्वाला (पूर्व उपमहासचिव)
४. जगन्नाथ खतिवडा (पूर्व उपमहासचिव)
५. गंगालाल तुलाधर (पूर्व उपमहासचिव)
६. भानुभक्त जोशी
उप- महासचिव
१. क. गरिमा शाह (निवर्तमान सचिव)
२. क. राजेन्द्र राइ (निवर्तमान सचिव)
३. क. मेटमणी चौधरी
४. क. रामकुमार भट्टराई
समावेशी सचिव
१. बलदेव चौधरी
२. गणेश विक
खुल्ला सचिव
३. शेरबहादुर कुँवर
४. चन्द्र बहादुर शाही
५. सोम प्रसाद पाण्डे
६. सावित्री भुसाल
७. श्रीनाथ बराल
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्यका छनौटका लागि निर्वाचन गरिएकाे हाे। पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ।
केन्द्रीय कमिटी सदस्यहरू मात्र निर्वाचन प्रक्रियामा सहभागी भएका थिए।
सचिवालय सदस्य, स्थायी समिति सदस्य विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ। केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन्।