स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा भरतपुर महानगर जिल्लामा चौथो

August 28, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,भदौ १२- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा)मा विकासको हिसाबले अग्रणी स्थानमा रहेको जिल्लाको एकमात्र महानगरपालिका भरतपुर भने जिल्लामा चौथो भएको छ ।

रत्ननगर पहिलो, खैरहनी नगरपालिका दोस्रो, कालिका तेस्रो हुँदा जनप्रतिनिधिको बेमेलका कारण लथालिङ्ग रहेको चितवनको राप्ती नगरपालिका स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनबाट बाहिरिएको छ । इच्छाकामना गाउँपालिका पाँचौँ र माडी नगरपालिका छैटौँ भएको छ ।

- ADVERTISEMENT -

Advertisement

लिजाको मूल्याङ्कनमा कुल ८३ दशमलब २५ अङ्क प्राप्त गरेको भरतपुर महानगरपालिकाले शासकीय प्रबन्धकमा ८ दशमलब २५, संगठन तथा प्रशासनमा ५ दशमलब ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८ दशमलब ५, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ९ दशमलब २५, सेवा प्रवाहमा १३ दशमलब ७५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ११ दशमलब ५, सामाजिक समावेशीकरणमा ६ दशमलब २५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८, सहकार्य र समन्वयमा ५ अङ्क पाएको छ ।

- ADVERTISEMENT -

Advertisement

देशभरमा तेस्रो, प्रदेशमा दोस्रो र जिल्लामा पहिला भएको रत्ननगरले ९१ दशमलब ५० अङ्क प्राप्त गरेको छ । सो नगरपालिकाले शासकीय प्रबन्धकमा ९, संगठन तथा प्रशासनमा ७ दशमलब ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७ दशमलब ७५, वित्तीय एवं आर्थिक व्यवस्थापनमा १० दशमलब ७५, सेवा प्रवाहमा १४ दशमलब २५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ११ दशमलब २५, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७ दशमलब ७५, सहकार्य र समन्वयमा ६ अङ्क प्राप्त गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

प्रदेशमा तेस्रो र जिल्लामा दोस्रो भएको खैरहनीले ८९ दशमलब ७५ अङ्क प्राप्त गरेको छ । सो नगरपालिकाले शासकीय प्रबन्धकमा ९, संगठन तथा प्रशासनमा ६ दशमलब ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ९ दशमलब २५, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ९ दशमलब ७५, सेवा प्रवाहमा १५ दशमलब ७५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ९ दशमलब २५, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७, सहकार्य र समन्वयमा ६ अङ्क प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

लिजाको मूल्याङ्कनमा जिल्लामै तेस्रो भएको कालिकाले अङ्क ८५ प्राप्त गरेको छ । सो नगरपालिकाले शासकीय प्रबन्धकमा ९, संगठन तथा प्रशासनमा ६, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८ दशमलब २५, वित्तीय एवं आर्थिक व्यवस्थापनमा १०, सेवा प्रवाहमा १३ दशमलब २५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ९ दशमलब ७५, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५ दशमलब ७५, सहकार्य र समन्वयमा ६ अङ्क प्राप्त गरेको छ ।

कुल ७५ दशमलब २५ अङ्क प्राप्त गरेको इच्छाकामना गाउँपालिकाले शासकीय प्रबन्धकमा ७ दशमलब ७५, संगठन तथा प्रशासनमा ५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८ दशमलब ५, वित्तीय एवं आर्थिक व्यवस्थापनमा १० दशमलब ७५, सेवा प्रवाहमा ११ दशमलब ५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ७ दशमलब ७५, सामाजिक समावेशीकरणमा ६ दशमलब ५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५ दशमलब ५, सहकार्य र समन्वयमा ५ अङ्क प्राप्त गरेको छ ।

माडी नगरपालिका ७२ अङ्क प्राप्त गरी जिल्लामै छैटौं भएको छ । उसले शासकीय प्रबन्धकमा ९, संगठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ७, सेवा प्रवाहमा १४, न्यायिक कार्यसम्पादनमा ६ दशमलब ५, भौतिक पूर्वाधारमा ७ दशमलब ७५, सामाजिक समावेशीकरणमा ५ दशमलब ७५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५ दशमलब ५, सहकार्य र समन्वयमा १ दशमलब ५ अङ्क प्राप्त गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -