अवरुद्ध हेटौँडा–काठमाडौँ सडक खुल्यो

August 27, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बागमती, भदौ ११- पहिरोका कारण अवरुद्ध हेटौँडा–काठमाडौँ सडक आजदेखि सञ्चालनमा आएको छ । सडक विभागले पहिरो हटाएसँगै अवरुद्ध सडक खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा वर्षाका कारण पहिरो गएको थियो ।

- ADVERTISEMENT -

Advertisement

यस्तै कान्तिलोकपथस्थित मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार सडकखण्ड समेत पहिरोका कारण अवरुद्ध भएको थियो । अहिले उक्त सडकसमेत सञ्चालनमा आएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो । रासस

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -