सहकारी संस्था समुदायलक्षित हुनुपर्छ : प्रमुख दाहाल

August 27, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर,भदौ ११- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहकारी संस्थाहरु समुदायलक्षित हुनुपर्ने बताएकी छन् ।

भरतपुर–९ स्थित त्रिपुरेश्वर सहकारी संस्थाको १३ वार्षिकोत्सवको अवसरमा खाद्य उद्योग भवनको उद्घाटन तथा खाद्य गोदामको शिलान्यास गर्दै प्रमुख दाहालले स्थानीय सरकार र सहकारी समुदायकेन्द्रित भएर काम गर्नुपर्ने उल्लेख गरिन् ।

- ADVERTISEMENT -

Advertisement

‘अहिले सहकारीमा समस्या देखिएको छ, उनले भनिन्, ‘सबै सहकारीहरुले मर्मविपरीत काम गरेका छैनन् । यही समयमा राम्रो पनि सहकारी छन् भन्ने सन्देश दिन आवश्यक छ ।’ प्रमुख दाहालले कृषिको क्षेत्रमा महानगरले धेरै काम गर्दै आएको र यसवर्ष सिंचाइको क्षेत्रमा काम गर्न लागेको बताइन् । नारायणी लिफ्ट सिंचाइलाई हिउँदमा पनि सञ्चालन गर्नेगरी बजेट विनियोजन गरिएकाले अब थप काम अघि बढ्ने उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सहकारीको जननी जिल्ला भरतपुरले सहकारी र समुदायसँगको सहकार्यको सन्देश देशभर प्रवाह गर्नुपर्ने उल्लेख गरे । सहकारी आर्थिक विकासको मेरूदण्ड भएकाले यसलाई जगदेखि नै बलियो राख्ने कार्य सबैको भएको उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

सहकारीले सञ्चालन गरेको खाद्य उद्योगको मिलमा धान निःशुल्क रुपमा कुटाइने जनाइएको छ । ढुटो छोड्दा प्रतिकेजी एक रूपैयाँका दरले रकम फिर्ता गर्ने गरेको छ । अन्य खाद्यान्न कुटनी र पिसानीमा पनि स्थानीय मिलमा भन्दा कम दररेट कायम गरिएको छ । त्यस्तै तोरी पेल्दा पिना छोड्नेलाई प्रतिकेजी पाँच रूपैयाँ दिने र पिना लानेलाई प्रतिकेजी ८ रूपैयाँ लिने गरेको सो संस्थाको दररेटमा उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

तोरीको तेल, पिना र अन्य खाद्यान्न किन्दा पनि अन्य स्थानीय मिल र पसलमा भन्दा सस्तोमा किन्न पाइन्छ । तोरी तेल प्रतिलिटर ३४०, धानको ढुटो प्रतिकेजी ३५ रूपैयाँमा बिक्रीवितरण गरिएको सहकारीका अध्यक्ष वेदप्रसाद सापकोटाले बताए । संस्थाका सदस्यलाई पिना प्रतिकेजी ३५ रूपैयाँ, गैरसदस्यलाई ३८ रूपैयाँमा बिक्री गर्ने गरेको उनले बताए । एकपटकमा ५० केजीसम्म पिना किन्न पाइन्छ ।

सहकारीले सञ्चालन गरेको मिलमा कुटनी, पिसानी र पेलानीलगायत खाद्यान्न किन्दा सस्तो र भरपर्दो भएपछि स्थानीयको आकर्षण बढेको छ  । कार्यक्रममा भरतपुर वडा नं–९ का अध्यक्ष यमलाल कँडेल, ८ का अध्यक्ष जीवनाथ कँडेल, १२ का अध्यक्ष लेखराज पन्त, ८ का वडा सदस्य पूर्णबहादुर रानाभाटले मन्तव्य राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -