रोकिएको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

August 27, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, भदौ ११- भरतपुर महानगरपालिका–३ पुलचोकस्थित महानगरको ढाट अगाडि कवाडी कर तिर्न रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति करिब १ बजेको समयमा धादिङबाट आएको मधेष प्रदेश०३–००१ ख ९४७३ नम्बरको ट्रकको पछाडि पुलचोकबाट गैंडाकोटतर्फ जादै गरेको ना ५८ प ८५९४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

- ADVERTISEMENT -

Advertisement

ट्रकमा ठोक्किएर गम्भिर घाइते भएका मोटरसाइकल चालक रत्ननगर नगरपालिका–६ बस्ने २८ वर्षीय सरोज कार्कीको भरतपुर अस्पतालमा उपचारको क्रममा राति १ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालक धादिङ धुनिबेसी नगरपालिका–९ नौबिसे बस्ने वर्ष ३१ को सुदिप रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -