चित्रसेन मन्दिरमा सञ्चालित सन्ध्या आरती र महायज्ञको आम्दानी र खर्च सार्वजनिक

August 27, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,भदौ ११- रत्ननगर नगरपालिका वडा नं. ८ चित्रसारीमा साउन १ गतेदेखि ३२ गते सम्म सञ्चालित सन्ध्या आरती र शिवपुराण महायज्ञको आम्दानी र खर्च सार्वजनिक गरिएको छ ।

श्री चित्रसेन बाबा मन्दिर गंगा आरती व्यवस्थापन समिति र चित्रसेन बाबा मन्दिर व्यवस्थापन समितिको सयुक्त आयोजनामा गरिएको महायज्ञमा पण्डित बालकृष्ण अर्यालले कथाबाचन गरेका थिए । धार्मिक पर्यटनको विकासको लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

सो सन्ध्या आरती र शिवपुराण महायज्ञमा रु ४० लाख ३२ हजार ५ सय ६२ रुपैंया आम्दानी भएको छ । सोही कार्यक्रममा रु २१ लाख ८४ हजार १ सय ३२ रुपैंया खर्च भएको आरती व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । रु १० लाख ९५ हजार ७ सय २२ नगद बचत र रु ७ लाख ५२ हजार ७ सय ८ रुपैंया सम्पति सहित रु १८ लाख ४८ हजार ४ सय ३० रुपैंया बचत भएको जनाईएको छ । मन्दिरको प्रचार प्रसार, धर्म र धार्मिक आस्था थप सुदृढ बनाउने उद्देश्यले आयोजित सन्ध्या आरती र शिवपुराण महायज्ञमा थुप्रै स्थानबाट नगद संकलन भएको छ ।

- ADVERTISEMENT -

Advertisement

साउन १ गतेबाट शुभारम्भ भएको सन्ध्या आरती हरेक हप्ताको सोमबार गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

आरती व्यवस्थापन समितिका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर वडा नं. ८ का वडा अध्यक्ष कृष्ण चौधरी प्रमुख अतिथि रहेका थिए । आम्दानी र खर्च सार्वजनिक कार्यक्रममा चित्रसेन बाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जलराम महतो, वडा सदस्य केदार कुमार श्रेष्ठ, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरी, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, थारु कल्याणकारीणीका क्षेत्रीय अध्यक्ष बलराम चौधरी, वर्ड एजुकेशन सोसाईटिका अध्यक्ष कपिल पोखरेल लगाएतको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -